[email protected]
027-540650
Suryodaya
Suryodaya Municipality-10, Fikkal Bazar
Ilam-57312, Nepal
प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा निजी शैक्षिक संस्थाहरू पाँच वर्ष भित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ । यसैको विरोधमा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका थिए । यता इलामको सूर्योदय नगरपालिकामा कार्यवहाक नगरप्रमुख ( उपप्रमुख )दुर्गा बराललाई र रोङ गाउपालिकामा पालिका अध्यक्ष मणी कुमार तामाङ तथा उपाध्यक्ष बिष्णु माया भुजेल समक्ष प्याब्सन सुर्योदयनगर तथा रोङ कार्यसमितिले ज्ञापन पत्र बुझाएको छ ।
Message From Suryodaya President
Lakel Lama

PABSON is one of the umbrella organization of private schools imparting competitive education throughout the country. Modern time is the time of Information and Technology. In the absence of information and technology, we remain far behind in this world. To enrich PABSON and its members in an information system, PABSON Suryodaya municipal committee has developed its own website and mobile apps. The main aims of developing the website are to unite its members through information system and also to publish PABSON activities not only within members but also to the general public. By means of it, no concerned will remain deprived of the valuable information directly or indirectly relating to their institution.

-Lakel Lama
Message From Province President
Sumit Thapa

राष्ट्रका लागि आवश्यक दक्ष शैक्षिक जनशक्तिको उत्पादन, विश्व जगतमा सफल र प्रमाणित भएका शिक्षाका नविन आयाम, विधि र प्रविधिको प्रयोगसँगै जीवनपयोगी एवं गुणात्मक शिक्षाको विकास र विस्तारमा अहोरात्र क्रियाशिल इलाम जिल्लाको पर्यटकीय नगर सुर्योदय नगरपालिकामा संचालन रहेका सस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन सुर्योदय नगर समिति, मातहतका सदस्य विद्यालयहरूले संस्थागत रुपमा देखाएको सक्रियता र संगठनको उचाइ प्राप्तिका लागि खेलेको महत्वपूर्ण भूमिका तथा पु¥याएको योगदानको उच्च प्रशंशा र निरन्तरताको अपेक्षा गर्दै, प्याब्सन सुर्योदय नगर समितिले सूचना तथा प्रविधिको समुचित प्रयोग र उपयोगका लागि वेभसाइट तथा मोबाइल एप्स निर्माण गरी शुभारम्भ गर्ने विषयले मलाई हर्षित तुल्याएको छ । प्याब्सन प्रदेश न १ तथा केन्द्रीय कार्यसमितिले कार्यान्वयनमा ल्याएको कागजविहिन संचार प्रणालीको विकास र विस्तारमा यस कार्यले महत्वपूर्ण टेवा पु¥याउने छ भन्ने मैले ठूलो अपेक्षा राखेको छु । सबै तहमा विस्तार हुने यस किसिमका सूचना र प्रविधिको विकासले संगठनको संचार प्रणाली र अभिलेखालयलाई थप चुस्त–दुरुस्त एवं मजवुत बनाउने नै छ । अन्तमा, सम्पूर्ण सदस्य विद्यालय, संस्थापक प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु

-Sumit Thapa