[email protected]
027-540650
Suryodaya
Suryodaya Municipality-10, Fikkal Bazar
Ilam-57312, Nepal

Suryodaya PABSON / News & Events

प्याब्सन सुर्योदय तथा रोङ गतिविधी

11th. Aug 2023

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा असहमति प्रकट गर्दै आएका निजी शैक्षिक संस्थामा आबद्ध छाता संगठनहरूले संयुक्तरूपमा देशव्यापी ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा असहमति प्रकट गर्दै आएका निजी शैक्षिक संस्थामा आबद्ध छाता संगठनहरूले संयुक्तरूपमा देशव्यापी ध्यानाकर्षण पत्र बुझाउने क्रममा कोशी प्रदेशका जिल्लाहरूमा आज ज्ञापन पत्र बुझाइएको छ ।

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा निजी शैक्षिक संस्थाहरू पाँच वर्ष भित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ । यसैको विरोधमा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका थिए । यता इलामको सूर्योदय नगरपालिकामा कार्यवहाक नगरप्रमुख ( उपप्रमुख )दुर्गा बराललाई र रोङ गाउपालिकामा पालिका अध्यक्ष मणी कुमार तामाङ  तथा उपाध्यक्ष बिष्णु माया भुजेल समक्ष प्याब्सन सुर्योदयनगर तथा रोङ कार्यसमितिले ज्ञापन पत्र बुझाएको छ ।
सुर्योदय प्याब्सन नगर अध्यक्ष लाकेल लामाले तथा रोङ प्याब्सनका फोकल पर्शन गोपाल राइले हस्ताक्षर गर्नुभएको पत्रमा आफूहरुको माग सम्बोधनको लागि नगरपालिका तथा गाउपालिकाले पनि पहल गर्न आग्रह गर्दै माग पूरा नभए विधालय बन्द समेत गर्न बाध्य हुने बताइएको छ ।
ज्ञापन पत्र बुझाउने क्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष युवराज बाशिष्ठ प्याब्सन इलाम अध्यक्ष रगुन गुरुङ नगर सचिव टेकु पुलामी कोषाध्यक्ष लोक बहादुर चाम्लीङ लगायत नगर प्याब्सन पदाधिकरी निजि बिद्यालयका प्रधानायापक नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराई रोङ शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्रुती राई तथा सरोकारवालाको उपस्थीति थियो ।
आन्दोलनका कार्यक्रम अन्तरगत देशभरकै स्थानीय तह,जिल्ला प्रशासन कार्यलय,शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको छ ।

त्यस्तै साउन २५ गते माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षहरु सगँ छलफल गर्ने , साउन २७ गते आ आफना संगठनहरुमा समीक्षा बैठक गर्ने, साउन २८ गतेदेखि देशभरकै निजी शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्ने र भदौ १ गते निजी विद्यालयका सवारी साधन सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेको प्याब्सन केन्द्रीय उपाध्यक्ष बासिष्ठले बताउनु भयो ।
प्याब्सन नगर अध्यक्ष लामाले यो आन्दोलन आफूहरुको रहर नभई बाध्यता भएको बताउँदै तुरुत मागको सम्बोधन गरेर अवस्था सामान्य बनाउने तर्फ लाग्न राज्यको ध्यानाकर्षण गराउनु भयो ।
सूर्योदय नगरपालिकाका कार्यवहाक नगर प्रमुख बराल तथा रोङ गाउपालिका अध्यक्ष मणी कुमार तामाङ्ले  बिद्यालय बन्द सम्मको कार्यक्रम नगर्न आग्रह गर्दै निजि बिद्यालयका छाता संगठनको माग सम्बोधनको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Latest News
News Image

छात्रवृति फाराम

News Image

छात्रवृति समस्टिगत