[email protected]
027-540650
Suryodaya
Suryodaya Municipality-10, Fikkal Bazar
Ilam-57312, Nepal

Suryodaya PABSON / News & Events

कोरोना बिरुद्द सचेतना कार्यक्रम |

02nd. May 2021

फिक्कल बैशाख १९ गते |प्याब्सन सूर्योदय नगर कार्य समितिले कोभिड –१९ कोरोना भाइरस विरुद्ध सूर्योदय नगर पालिकाका मुख्य बजारहरु फिक्कल, तिनघरे, पशुपतिनगर, हर्कटेमा सचेतना कार्यक्रमका साथै मास्क तथा सेनिटाइजर वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मास्क नलगाउनेले मास्क लगाउन, नियमित सेनिटाइजर प्रयोग गर्न सल्लाह सुझाव दिइएको थियो । सूर्योदय नगर प्याब्सनमा आबद्ध तिस वटा विद्यालयहरु मध्ये १४ ओटा विद्यालयका संस्थापक प्रिन्सिपल, शिक्षक कर्मचारीका साथै सूर्योदय नगर प्याब्सन कार्य समितिका प्रमुख सल्लाहाकार रगुन गुरुङ सल्लाहाकार मेघसेन थापा, दिलिप प्रधान , पदाधिकारि सदस्यहरु, सूर्योदय नगरपालिका बाट प्रतिनिधित्व गर्ने प्याब्सन इलाम जिल्ला कार्य समितिका  सह कोषाध्यक्ष रन्जीत श्रेष्ठको  उपस्थिति थियो । प्याब्सन नगर कार्य समितिका अध्यक्ष लाकेल लामाको नेतृत्वमा  सम्पन्न सचेतना कार्यक्रममा प्रदेश नं.– १ का अध्यक्ष युवराज बाशिष्ठ  तथा प्याब्सन जिल्ला कार्य समितिका प्रमुख सल्लाहाकार प्रकाश भक्तराजको  समेत विशेष उपस्थिति रहेको प्याब्सन नगर कार्य समितिका अध्यक्ष लाकेल लामा ज्युले बताउनु भयो । 

Latest News
News Image

प्याब्सन सुर्योदय तथा रोङ गतिविधी

News Image

छात्रवृति फाराम

News Image

छात्रवृति समस्टिगत